राप्रपा नेपालको अध्यक्ष बनेपछि कमल थापाकाे प्रतिक्रिया– ‘घर फर्किएका छौँ’

 फागुन १, २०७८ आइतबार १५:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिनुभएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिनुभएको छ ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो । 

राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष हुनुभएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताउनुभएको छ ।

थापाले आज आइतवार विज्ञप्ति निकालेर देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको र केही समयको अलमलपछि फेरि आफूहरू आफ्नो घर फर्किएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया