यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौमा पनि बर्ड फ्लुको सङ्क्रमण देखा परेको छ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ३ मा गोविन्द मगरले पालेको कुखुरामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमण देखिएको ठाउँकाे पक्षी नष्ट गरिनुका साथै निःसङ्क्रमण समेत गरिएको छ । थप सङ्क्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाण्डाैमा २० वटा कुखुरा, पाँच वटा परेवा र तीन वटा लौकाट नष्ट गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
कुखुरा मर्न थालेपछि शङ्का लागेर केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रियालटाइम पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएको क्षेत्रबाट एक हजार नाै सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस र २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र तीन सय ५० वटा अण्डाको क्रेट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा देखिएको बर्ड फ्लु एचपीएआई, र एचफाईभ एन वान रहेको मन्त्रालयले जनाएको छ । यसअघि गएकाे शुक्रवार चितवनको राप्ती नगरपालिकाको पक्षीमा पनि बर्ड फ्लु सङ्क्रमण देखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।