रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डौ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ । आज बेलुका बालकोटमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको पार्टीको सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै महासचिव शङ्कर पोखरेलले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अदालतमाथिको प्रहार, सिङ्गो लोकतन्त्र र सार्वभौम सत्तामाथिको प्रहार भएको बैठकले ठहर गरेको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, 'एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ, यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ ।' उहाँले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध बिगार्ने षड्यन्त्रका साथ आएको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, 'आउँदो स्थानीय तहको चुनावलाई समेत असर पार्ने र चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको छ, यो प्रस्तावले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दालाई प्रभावित पार्ने योजनाका साथ आएको हाम्रो ठहर छ, यसले देशको राजनीतिक प्रणालीलाई अस्थिर बनाउँछ ।'
महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो । यस्तै उहाँले महाअभियोग असफल पार्न जरुरी रहेकाले भोलि सोमवार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने र महत्त्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।