एमाले संसदीय दलको बैठक सुरु : चार न्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल

 फागुन २, २०७८ सोमबार ११:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ ।

हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो । सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्नेमा धेरै नेताहरुको जोड रहेको बैठकस्थलमा रहेका एमालेका एक नेताले बताएका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा फैसला गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काविरुद्ध महाअभियोग लगाउनुपर्नेमा एमालेभित्र दबाब छ । यसबारे के गर्ने भन्नेबारे निर्णय नभएको र सबै घटनाक्रम बुझेर मात्रै संसदीय दलको बैठकले निर्णय गर्ने ती नेताको भनाइ छ ।

हिजोको सचिवालय बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संसदीय दलले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने बताउनुभएको थियो । सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको भन्दै एमालेले यसको प्रतिवाद गर्ने र नागरिकलाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरिसकेको छ । 
 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया