संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

 फागुन २, २०७८ सोमबार १४:१७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशी आज साेमवार दिउँसाे अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

उहाँ छाती दुखेपछि उपचारका लागि माघ २५ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो । अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएका जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया