'आईएमई पे' र एभरेस्ट बैंकबीच सम्झौता

 फागुन २, २०७८ सोमबार २०:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे' र एभरेष्ट बैंक लिमिटेड बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । 

डिजिटल सहजताको निम्ति गरिएको यस सम्झौतापछि प्रयाेगकर्ताले 'आईएमई पे' मोबाइल वालेट एपमा एभरेस्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू एपमै प्रयाेग गर्न सक्ने छन् ।

अहिलेसम्म नेपालको १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको 'आईएमई पे' ले यस लिङ्क–अपका निःशुल्क ट्रान्सफर लगायतका फाइदा रहेका छन् ।

'आईएमई पे' मा बैंक लिङ्क गरेपछि प्रयाेगकर्ताले आफ्नो सुविधाअनुसार एभरेस्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी प्रणालीलाई अद्यावधिक गरिएको छ । 'आईएमई पे' मा बैंक लिङ्क गरेपछि ग्राहकले सिधै 'आईएमई पे' को पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् ।

यसका साथै आफ्नो एभरेस्ट बैंकमा रहेको खाताको ब्यालेन्स 'आईएमई पे' एप मा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया