सप्तरीमा ट्र्याक्टर दुर्घटना : एक जनाकाे ज्यान गयाे, दुई जना गम्भीर घाइते

 फागुन ३, २०७८ मंगलबार १०:४४:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना गम्भीर घाइते भएका छन् । 

सप्तरीको अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेकाे स १ त ६१०८ नम्बरकाे रड लोड गरिएको ट्र्याक्टर सप्तरीको डाक्नेशवरी नगरपालिका–९  महुकी पत्थरगाडामा दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कुमार सदाको ज्यान गएकाे छ । 

गम्भीर घाइते भएका सदाको राजविराजकाे गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

घाइते छिन्नमस्ता गाउँपालिका–३ का २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदाको‍ गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया