काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आईसीसीको टेस्ट क्रिकेटको ब्याट्सम्यानमा भारतीय कप्तान विराट कोहली शीर्ष स्थानमा यथावत रहेका छन् ।
इंग्ल्याण्डविरुद्ध पाँच टेस्ट श्रृंखला ४–१ ले गुमाए पनि कप्तान कोहली भने ब्याट्सम्यानको शीर्ष स्थानमा यथावत रहेका हुन् । इंग्ल्याण्डविरुद्ध ५९.३० ओ औसतमा कोहलले ५९३ रन बनाएका थिए ।
सिरीज सुरु हुनु पूर्व विराट दोस्रो स्थानका स्टीव स्मिथभन्दा २७ अंकले अगाडि थिए भने अब उनी जम्मा १ अंकले मात्रै अगाडि छन् । अब वेस्ट इण्डिज विरुद्धको टेस्टमा कोहलीले उत्कृष्ट पारी नखेले शीर्ष स्थान गुम्ने खतरा भने रहेको छ ।
अहिले कोहलीले ९३० अंक जोड्दा स्मिथको ९२९ अंक छ । यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका एलेस्टर कुक टेस्ट वरियताको दशौं नम्बरमा रहेका छन् ।
आईसीसीले जारी गरेको वरियतामा इंग्ल्याण्डका जेम्स एन्डरसन वलिङतर्फ शीर्ष स्थानमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।