बिहानैदेखि बन्द पूर्व–पश्चिम राजमार्गकाे दाङ खण्ड खुल्यो

 फागुन ३, २०७८ मंगलबार १५:५८:३४ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने विषयमा सहमति भएपछि आज मङ्गलवार बिहानैदेखि बन्द भएकाे पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको छ । 

पीडित पक्षलाई नियमअनुसार पाउने क्षतिपूर्तिबाहेक थप पाँच लाख रुपैयाँ दिने, छोराछोरीलाई पढाइ दिने र श्रीमानलाई रोजगार दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो।

आज बिहान सवा ६ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका २ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको ज्यान गएको थियो । गाउँपालिकाकाे वडा नम्बर १ पाखापानीमा दूध बेच्न हिँडेकी पाैडेललाई टिपरले ठक्कर दिएकाे हाे । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया