गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रवार (६ गते) बोलाइएको प्रतिनिधि सभा बैठकमा टेबल हुने बताउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री बडुले दलहरूबीचको सहमतिमै एमसीसी सम्झौता अघि बढाउन आवश्यकता महसुस गरेरै सरकारले आज र भोलि (दुई दिन) को समय दिएको पनि स्पष्ट पार्नुभयो ।
आज बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीलाई टुङ्गो लगाउने सार्वभौम संस्था संसद् भएकाले त्यहीँ छलफल गरेर टुङ्गो लगाउन सरकारले चाहिरहेको बताउनुभयो ।
मन्त्री बडुले त्याे सम्झाैतामा सहमति जुटाउन सरकारले सबै दललाई आह्वान गरिरहेको पनि स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । सार्वभाैम संस्था संसद यसबारे बोल्ने संस्था हो । यसमा प्रवेश गराऔँ । बाहिर सडकमा भइराखेको बहसलाई टुङ्ग्याउन पनि संसदमै पुग्नुपर्छ । सडकको बहसले यसको टुङ्गो लाग्न सक्दैन । त्यस कारण यसलाई टुङ्ग्याऔँ भन्ने हाम्रो पार्टीको सरकारको प्रस्ताव हो । आज र भोलि दुई दिनको समयमा थप सहमति जुटाएर ६ गते टेबल गर्ने सहमति बनाउँदैछौँ ।’
मन्त्री बडुले विगतमा बनेका सबै पार्टी नेतृत्वको सरकारले आवश्यक्ता बोध गरेको एमसीसीलाई वर्तमान सरकारले संसदबाट पारित गराउन पहल गरेको बताउनुभयो । उहाँले दुई दिनभित्र याे सम्झौता संसदबाट पारित गराउन दलहरूबीच सहमति हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।