रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ ।
एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ ।
प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ । माओवादी केन्द्रले प्रधानमन्त्री देउवा एक्लै अघि बढे सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले आज गठबन्धनको निर्णायक बैठक बोलाउनु भएको हो ।
प्रधानमन्त्री देउवा हिजो नै संसद् बैठकमा एमसीसी टेबल गर्ने पक्षमा हुनुहुन्थ्यो । तर, सत्तारुढ दलहरूबीच सहमति नभएपछि हिजो एमसीसी संसदमा टेबल हुन सकेन । संसद्को अर्को बैठक भोलि बस्दै छ । भोलि जसरी पनि एमसीसी संसदमा टेबल गर्नेमा प्रधानमन्त्री देउवा दृढ हुनुहुन्छ।
स्थानीय तहको चुनाव नजिकिँदै गएकाले कांग्रेस बाहेकका शीर्ष दलले एमसीसीलाई राजनीतिक अस्त्रको रुपमा लिएका छन् । एमसीसीलाई नै चुनावी एजेन्डा बनाउने उनीहरुको दाउपेच छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एमसीसी संसदबाट पारित गर्दा चुनावमा असर पर्ने भय छ।
एमाले पनि एमसीसीबारे पर्ख र हेरको अवस्थामा बसेको छ । यसले गर्दा एमसीसी पारित हुने नहुने अन्याेल बढ्दै गएको छ । अमेरिकाले एमसीसी सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा पर्नु भएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।