६ बुँदे माग राख्दै सप्तकाेसी नगरपालिकाकाे कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

 फागुन ५, २०७८ बिहिबार २०:२७:६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – विभिन्न ६ बुँदे माग राख्दै सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यालयमा आज बिहीवार चार राजनीतिक दलले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विभिन्न ६ बुँदे माग राख्दै मेयरकाे कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेको हो ।

उनीहरूले आर्थिक वर्ष २०७८/७९ का नगरभित्रका तथा सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने माग राखेका छन् । साथै महालेखा नियन्त्रकको कार्यालयबाट बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराइ नगर कार्यपालिका र नगर सभाबाट पारित कानुनी कारबाहीसम्बन्धी निर्णयको विवरण उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया