एमसीसी टेबल गर्नेबारेमा भएकाे छलफल सकारात्मक : सरकारका प्रवक्ता कार्की

 फागुन ५, २०७८ बिहीबार २०:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता गठबन्धनकाे बैठकमा प्रतिनिधि सभाको बैठक विना अवराेध सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा छलफल भएको र त्यो सकारात्मक रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएकाे छ । 

आज बिहीवारकाे बैठक सकिएकाे र भाेलि शुक्रवार फेरि बस्ने जानकारी दिँदै उहाँले भन्नुभयाे, ‘सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ ।’    

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गर्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्बाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि फेरि बस्ने भएको छ ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा याे सम्झौता हिजो बुधवार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा भाेलिसम्मका लागि स्थगित गरिएको थियो । भोलिको बैठकमा एमसीसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको थियो । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उहाँको अभिमत थियो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishwajit patel

    Feb. 17, 2022, 9:03 p.m.

    We don't need MCC . I don't know more about Mcc but as our community can't be wrong to say that we Don't need MCC because America is paying 57 Arab but if our government tax office and their member will collect TAX of NCELL CENTER then , more then 50 arab we can get so as being student we learn in school we should be independent but after accepting MCC no more hopr for independent . Thank you

  •  0 Reply

तपाईको प्रतिक्रिया