आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने, प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा

 फागुन ६, २०७८ शुक्रबार ११:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने भएको छ ।

बिहान सहमति जुटाउन भन्दै बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत हुनुभएको हो ।

नेपालले पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेपछि आजको संसद् बैठकमा पनि एमसीसी टेबल नहुने भएको हो । बिहान बसेको सत्ता गठबन्धनको बैठक एक घण्टामा नै सकिएको थियो । अर्को बैठक पर्सि १० बजे फेरि बस्ने  सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।

संसद् बैठक दिउँसो १ बजे बस्दैछ । यसैबीच, सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुट्नु भएकाे छ ।  
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया