प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह

 फागुन ७, २०७८ शनिबार ११:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह गरेको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले प्रजातन्त्रकै जगमा लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन व्यवस्थासम्म आइपुगेको भन्दै अब सबै मिलेर थप सबल र सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले दुई वटा हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरेका थिए । ७२औँ प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तस्बिर : रासस

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया