रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नुभएकाे छ । भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी र माओवादीमा गएका आफ्ना पुराना सदस्यहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभएकाे हाे ।
यस्तै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्वार्थी गठबन्धनको संज्ञा दिँदै अबको चुनावमा पराजित हुने पनि बताउनुभएको छ । उहाँले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको भन्दै अबकाे एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताउनुभएकाे हाे ।
‘संसारभरिका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि यो सरकारको आयु बढीमा एक वर्ष नै हो भन्छ । त्यसैले नेकपा एमालेका आउनुस, देश बनाउने अभियानमा लागौं’, अध्यक्ष ओलीले भन्नुभयाे ।
यस्तै ओलीले चुनावमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको दाबी गर्दै चुनावमा नागरिकको मतलाई खोस्न नदिने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । उहाँले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।