संसद् बैठक : एमसीसी सम्झौता पेस गर्ने निर्णयप्रति भीम रावल र प्रेम सुवालको आपत्ति

 फागुन ८, २०७८ आइतबार १४:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले नेपालको हितमा नरहेको एमसीसी सम्झौता पेस गर्ने निर्णयको चर्को विरोध गर्नुभएको छ । 

नेकपा एमालेका सांसदले संसद् अवरोध गरेर नाराबाजी गरिरहँदा एमालेकै सांसद भीम रावलले भने संसदमा बोल्दै एमसीसीको विरोध गर्नुभयो । एमसीसी सम्झौता अनुमोदन भएमा नेपालको स्वाधीनतामा ठूलो धक्का लाग्ने रावलको जिकिर छ । 

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी उपमन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई फोन गरेर धम्काएको र आज एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिएको भन्दै आपत्ति जनाउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया