एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

 फागुन ८, २०७८ आइतबार १४:२५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे  सम्झौता पेस भएको हो ।

सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने र विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने बताउनुभयो । यस्तै नमुनाको रूपमा गुणस्तरीय सडक पनि निर्माण हुने उहाँकाे भनाइ छ । सम्झौता कार्यान्वयनपछि झन्डै ५० लाख जना नेपाली लाभान्वित हुने पनि मन्त्री कार्कीको दाबी छ ।

यसैबीच संसद्को अर्को बैठक फागुन १२ गते बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Janata

    Feb. 20, 2022, 3:56 p.m.

    कोही कुटे जस्तो गर्ने, कोही रोए जस्तो गर्ने, एमसिसि पास गर्ने र सत्ता जोगाउने ।

  •  0 Reply

तपाईको प्रतिक्रिया