दिनभर तनावग्रस्त बनेकाे बानेश्वर अहिले सामान्य, पक्राउ परेका १५ जना छुटे

 फागुन ८, २०७८ आइतबार १९:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आज आइतवार भएको प्रदर्शनका क्रममा पक्राउ परेका १५ जना छुटेका छन् । 

संसद् भवन नयाँ बानेश्वर परिसरमा प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार १० जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका हुन् । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केही आन्दोलनकारी घाइते भएका हुन् ।

प्रदर्शनकारीकाे भिड तितरबितर गर्न प्रहरीले रबरको गोली, अश्रु ग्यास, लाठी चार्ज र पानीको फोहाेरा प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि उनीहरू फेरि बानेश्वर पुगेका थिए । आज दिनभरमा प्रदर्शनकारीले पटक–पटक निषेधित क्षेत्र तोडेका थिए । आज दिउँसो संसदमा एमसीसी टेबल भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको हो ।

त्यसअघि बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन सुरु गरेका थिए । दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र अहिले सामान्य भएको छ । साथै काठमाण्डौ उपत्यकामा अस्तव्यस्त यातायात पनि सामान्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया