हिजो दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र आज शान्त

 फागुन ९, २०७८ सोमबार ८:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । हिजो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त छ ।

आज सडक र गाडीमा असर पर्ने खालका कुनै गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ ।

आज संसद् बैठक नभएकाले दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । हिजो संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर सडक अशान्त बनेको थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी उग्र बन्दा र प्रहरीले पनि बल प्रयोग गर्दा हिजो संसद् भवन अगाडिको सडक तनावग्रस्त बनेको थियो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास पानीको फोहोरा प्रहार गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया