जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाक...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूलाई एक हप्ताभित्रमा कारबाहीको दायराभित्र (ठेगान लगाउने) ल्याउन लागेको बताउनुभएको छ ।
आज सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक हप्ताभित्रमा देशलाई ठग्नेहरूका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनुभएको हो ।
उहाँले आजसम्म देशलाई ठग्नेहरूका विरुद्धमा आफूले गरेका काम 'ट्रेलर' मात्रै भएको उल्लेख गर्दै एक हप्ताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति पनि मैले कामको थालनी गरेको छु । मातृभूमिलाई साक्षी राखेर भन्छु, विभिन्न तत्त्वहरूले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो, अब एक हप्ताभित्र पूरा फिल्म पर्दामा देखिने गरी काम गर्नेछु ।’
मन्त्री आलेले विगतका सरकारले गरेका फोहरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो । उहाँले केही दिनअघि सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दा तलमाथि पर्न गएको स्वीकार गर्नुभयो । बोल्दा तलमाथि भएको भए पनि आफ्नो मनमा कुनै पाप नभएको उहाँले प्रष्ट पार्नुभयो । आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भए पनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उहाँले बताउनुभयो । त्याे अडियो पूर्ण सत्य नभएको उहाँले प्रष्टीकरण दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।