टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे नेपाली टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

 फागुन ९, २०७८ सोमबार १९:२९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप ग्लाेबल छनाेटकाे सेमिफाइनलमा पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएकाे छ । उहाँले सामाजिक सञ्जालबाट नेपाली क्रिकेट टाेलीलाई बधाई दिनुभएकाे हाे । 

प्रधानमन्त्री देउवाले लेख्नुभएकाे छ, ‘क्यानडासँगकाे खेलमा जित निकाल्दै 'टी–२० विश्व कप ग्लोबल छनोट' को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’ यस्तै उहाँले भाेलि मङ्गलवार हुने सेमिफाइनल खेलमा पनि विजयी हुँदै नेपाललाई विश्व कपमा छनोट गराउन पनि टिमलाई शुभेच्छासहित शुभकामना दिनुभएकाे छ । 

आज साेमवार ओमानकाे अल अमिरात मैदानमा भएकाे खेलमा नेपालले क्यानडालाई आठ विकेटले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे । 

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया