दुई महिनादेखि दिल्लीमा अलपत्र एक महिलाको उद्धार

 फागुन १०, २०७८ मंगलबार ८:२१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ ।

दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।

उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गर्नुभएको थियो ।

लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । उर्जेन लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी देश जान रोक लगाइएपछि दलालले विभिन्न प्रलोभनमा भारत पुर्याउने र त्यहाँबाट खाडीलगायत देशमा पठाउने गरेको पाइएको छ । अहिले पनि सयौँ महिला भारतीय बाटो हुँदै विदेशिन बाध्य छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया