नाममा सहमति जुटाउने प्रयास स्वरुप प्रदेश-१ मा सर्वदलीय बैठक बस्दै

 फागुन १०, २०७८ मंगलबार ९:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश-१ सरकार प्रदेशको नाम टुङ्गो लगाउन सहमति जुटाउने प्रयासमा जुटेको छ ।

प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश-१ ले नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेशको नाममा सहमति जुटाउन आज १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो ।

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको छ । गएको माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश-१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो ।

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्न पहल गरे पनि अहिलेसम्म नाममा सहमति हुन सकेको छैन । अरु ६ वटा प्रदेशले नाम तथा स्थायी राजधानी टुङ्गो लगाइसकेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया