प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल, एमसीसीमा सहमति जुटाउन पहल

 फागुन १०, २०७८ मंगलबार १९:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उज्यालोलाई जानकारी दिनुभयो ।

अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भइसकेको अवस्थामा त्यसलाई पास गराउन प्रधानमन्त्री देउवाले ओलीको साथ खोज्नुभएको छ । माओवादी र एकीकृत समाजवादीले एमसीसी पास भएमा सत्ता छाड्नेसम्मको धम्की दिन थालेपछि देउवा एमाले अध्यक्ष ओलीसँग निरन्तर छलफलमा हुनुहुन्छ ।  

प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनका लागि बहुमत जुटाउने गृहकार्यमा जुट्नुभएको छ । सत्ता साझेदार दलसँगै विपक्षी एमालेसँगको छलफललाई उहाँले निरन्तरता दिनुभएको छ ।

एमसीसीको पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको विश्वास छ । तर यसबारे एमालेले औपचारिक धारणा सार्वजनिक गरेको छैन । सभामुखले १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । एमसीसी टेबल भइसकेपछि सभामुख सापकोटाले छलफलको दिन तोक्नुपर्नेमा दिन तोकिएको छैन । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया