नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कालीकाेट – कालीकोटको पलाँता गाउँपालिका ९ मा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा पलाँता १ का ६२ वर्षीया परिलाल भण्डारीको ज्यान गएकाे छ । दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । उहाँका अनुसार जीप चलाउने गैरचालक हुन् ।
कर्णाली नदीमा ड्रममाथि चढाएर लगिएको जीप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताउनुभयो ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।