'स्ट्याटस' लाई लिएर यूएई प्रहरीले पत्रकारलाई पक्राउ गरेकाे घटनाप्रति महासङ्घकाे ध्यानाकर्षण

 फागुन ११, २०७८ बुधबार १३:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासङ्घले आज बुधवार विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकार पाण्डेले नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा’ स्ट्याटस लेख्नुभएको थियो । त्यही स्ट्याटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाइ त्यहाँको सेन्ट्रल जेलमा राखेको जानकारी प्राप्त भएको छ । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा यूएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासङ्घलाई जानकारी गराएको छ ।

‘नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र यूएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाइ जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको छ । 

महासङ्घले यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाइका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र यूएईमा रहेको नेपाली दूतावासको ध्यानाकर्षण पनि गराएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया