पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रामेछाप – तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय हजुरबुवाको ज्यान गएको छ ।
आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवाको ज्यान गएको हो । बिहीबार बिहान घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई हजुरबुवा पर्नेले नै जबर्जस्ती गर्न खोजेका हुन् ।
हजुरबुवाले बल प्रयोग गरेर लडाउन खोजेपछि बालिका हात फुत्काएर भाग्न सफल भएकी थिइन् । त्यसपछि बालिकाले आफ्नो घरमा आएर फलामको रड लिएर पूनः हजुरबुवाको घरतर्फ गएकी थिइन् । उनको घरमा पुग्नेबित्तिकै बालिकाले हजुरबुवालाई रडले हानेको र हजुरबुवाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको रडसहित बालिकाले प्रहरी चौकी रामेछापमा आत्मसमर्पण गरेकी छिन् । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा घटनास्थलमा प्रहरी पठाएको जानकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।
Shankar
Sept. 13, 2018, 7:43 p.m.अन द स्पट नभएर पछि घटना भएको हुनाले कतै कसैले प्रतिशोधमा वालिकालाई परिचालन गरेको हुन सक्छ /यस्तै गरि आरोप लगाउने र ज्यान लिने घटनाले प्रश्रय पाउन पनि सक्छ ...सोचाई हो या होइन अनुसन्धान हुनु पर्ने देखिन्छ / एउटी बालिका माथि यस्तो हुनु आफैमा नराम्रो कुरा हुँदा पनि कसैको ज्यान जानु अझै नराम्रो कुरा हो /
Localkanxamho
Sept. 13, 2018, 5:09 p.m.यसरी नै आफ्नो सुरक्षा गर्न जनचेतना फैलाउन पर्यो ।