राेयटर्सका पत्रकारबारे बाेलिन् सु की-गाेपनीयता एेनविपरित काम गरेकाले जेल हालिएकाे हाे

 भदौ २८, २०७५ बिहीबार १६:४:३५ | एजेन्सी
unn.prixa.net

म्यानमारकी नेतृ आङ सान सु कीले रोयटर्सका दुइ पत्रकारलाई जेल हालेकोमा अन्तरराष्ट्रिय विरोधका बावजूद सरकारको बचाउ गरेकी छिन् ।

उनले भनिन्, ‘वा लोन र क्याव सोइ ऊ ले कानुन मिचेका थिए र उनीहरुको कार्य अभिव्यक्ति स्वतन्त्रतासँग कुनै पनि प्रकारले मेल खाने खालको थिएन ।’
ती दुइ पत्रकारहरुसँग रोहिंग्याहरुको मृत्युसम्बन्धी जाँच पड्तालका बेला प्रहरीको दस्तावेज हात पारेका कारण जेल सजाय तोकिएको थियो । 

नेतृ सु की ले आफ्नो सरकारले रोहिंग्याहरुसम्बन्धी समस्यालाई फरक तरिकाले हेर्नसक्ने पनि बताइन् । गएको वर्ष रोहिंग्याहरुको विद्रोही समूहले आक्रमण गरेको प्रत्युत्तरमा सेनाले घातक कदम चालेदेखि कम्तीमा ७ लाख रोहिंग्याहरु म्यानमारले छोडिसकेका छन् । 

त्यस घटनामा सेनाका उच्च अधिकारीहरुविरुद्ध संयुक्त राष्ट्रसंघले नरसंहारमा संलग्न भएका कारण छानबिनका लागि बोलाएको थियो ।

सु की ले के भनिन् ?

नोवेल शान्ति पुरस्कार प्राप्त नेता सु की हालसालैको रोहिंग्याको विषयमा तथा यसै महिनाको सुरुवातमा जेल हालिएका पत्रकारहरुका सम्बन्धमा प्रतिक्रिया दिन अत्यधिक दवावमा थिइन् ।

यसै हप्ता संयुक्त राष्ट्रसंघको एउटा अधिकारसम्बन्धी निकायले म्यानमारले पत्रकारहरुका विरुद्ध अभियान सञ्चालन गरेको थियो । सार्थ पत्रकारहरुलाई जेल हालेको घटनाले अन्तरराष्ट्रिय जगतमा आलोचनासमेत भएको थियो । आलोचना गर्नेमा अमेरिकाका पूर्व उप राष्ट्रपति माइक पेन्ससमेत थिए ।

मंगलबार भियतनाममा चलिरहेको अन्तरराष्ट्रय आर्थिक सम्मेलनमा उठेको प्रश्नको जवाफ दिँदै सु की ले अन्तरराष्ट्रिय पत्रकारहरुविरुद्धको फैसला विधिको शासन अनुरुप रहेको जवाफ दिइन् । 

उनले ‘उनीहरु पत्रकार भएकाले होइन, उनीहरुले आधिकारिक गोप्यता ऐन तोडेको अदालतले प्रमाणित गरेका कारण जेल परेका हुन्’ भन्दै धेरै आलोचकहरुले फैसला राम्रोसँग नपढेको बताइन् । उनले अगाडि थपिन्, ‘ती दुवै पत्रकारसँग फैसलाका बारेमा अपिल गर्ने र फैसला गलत थियो भनेर प्रमाणित गर्ने पूरै अधिकार पनि थियो ।’ 

के थियो पत्रकारहरुको मुद्दा

रोयटर्सका दुइ पत्रकारहरुलाई गएको सेप्टेम्बर ३ का दिन ७ वर्षको जेल सजाय तोकिएको थियो । उनीहरुलाई राखिने राज्यको इन डिन गाउँमा एउटा सैन्य कारवाहीमा सयौं रोहिंग्याको नरसंहार गरिएको मुद्दाको अनुसन्धानका क्रममा राज्यको गोपनीयता ऐनविपरीत कार्य गरेको प्रमाणित गरिएको थियो । 

रोयटर्सका लागि काम गर्ने म्यानमारका ती दुइ पत्रकारहरुलाई प्रहरी अधिकारीसँग एउटा रेष्टुरेण्टमा भेटेर आधिकारिक सरकारी कागजात बोकेर आउँदै गर्दा पक्राउ गरेको थियो ।

पत्रकारहरुले आफूलाई फसाउन प्रहरीले चाल चलेकाे बताए, जसलाई प्रहरीका तर्फबाट पेश गरिएको साक्षीले पनि स्वीकारेका थिए । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया