पलद्वारा आफूमाथि लागेको आरोपको खण्डन, षड्यन्त्र भइरहेको दाबी

 फागुन १२, २०७८ बिहिबार ९:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पलले आरोपको खण्डन गरेका हुन् । उनले आफूमाथि नियोजित षड्यन्त्र भएको दोहोर्याएका छन् ।

कलाकार दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले आफूमाथि षड्यन्त्र गरेको उनको आरोप छ ।

उनले लेखेका छन्, ‘म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईँहरू सामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केही दिन अगाडि प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।’ उनले प्रमाणस्वरूप आफूसँग भएको अडियो क्लिपसमेत सार्वजनिक गरेका छन् ।

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि उनलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया