नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अवस्था तनावपूर्ण

 फागुन १२, २०७८ बिहीबार १६:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ । 

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

प्रहरीको लाठी र अश्रूग्यासका कारण गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा र इँटा प्रहार गरेका छन् । प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न नदिन विभिन्न घेरामा सयौँ प्रहरी परिचालन भएका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनका कारण माइतीघरदेखि तीनकुनेसम्मको सडकमा गाडी चलेका छैनन् । त्यो रुट भएर चल्ने गाडीलाई डाइभर्सन गरिएकाले माइतीघर, त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, अनामनगर, पुरानो बानेश्वर, सिनामङ्गल, कोटेश्वर लगायतका क्षेत्रमा लामो जाम परेको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया