ओली र प्रचण्डबीचको छलफल सकारात्मक, ‘विगतको समीक्षा भयो’

 फागुन १२, २०७८ बिहीबार १८:५०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको छलफल सकिएको छ ।

नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल भएको नेम्वाङको भनाइ छ ।

‘विगतमा भएका घटनाका समीक्षाका रूपमा केही कुरा आएका छन् । छलफल सकारात्मक भयो । संसद्को गतिरोधका विषयमा र विगतका विषयमा समीक्षा भयो । धेरै समयपछि यो तहमा गम्भीर रूपमा छलफल भयो, यो खुसीको कुरा हो’, नेम्वाङले भन्नुभयो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया