एमसीसी पारित नगर्ने अडानसहित गठबन्धन जोगाउन पहल गर्ने माओवादीकाे निष्कर्ष

 फागुन १३, २०७८ शुक्रबार १३:४३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झौता र यसका कारण विकसित घटनाक्रमबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने अडान राख्दै आएको छ । छलफलमा अहिले बनेको सत्तारुढ गठबन्धनको उद्देश्य प्राप्ति भइनसकेकाेले यसलाई जोगाउनुपर्ने चर्चा भएको उहाँले बताउनुभयो । 

एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय नेपाली राजनीतिमा ध्रुवीकरण बढ्दै जाँदा सत्ता गठबन्धन धरापमा परेको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया