स्थानीय तह चुनावका लागि एमालेद्वारा दल दर्ता

 फागुन १३, २०७८ शुक्रबार १४:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले स्थानीय तह चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज शुक्रवार काठमाण्डाैकाे कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले निकालेकाे सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टी चुनावकाे तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि चुनावकाे प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो । 

यसैबीच निर्वाचन आयोगले आज शुक्रवार दिउँसोसम्म स्थानीय तह चुनाव प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले चुनाव आयोगमा एक सय नाै वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएका दलहरूले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पार्नुभयो । 

प्रवक्ता शर्माले आयोगले स्थानीय तह चुनावकाे कामलाई तीव्रताका साथ अघि बढाएको बताउनुभयो । सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गतेका लागि घोषणा गरेको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया