ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकाेटमा

 फागुन १३, २०७८ शुक्रबार १८:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकाेट पुग्नुभएको छ । 

अमेरिकी सहयाेग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुग्नुभएको हो । 

प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि देउवा छलफलका लागि प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुग्नु भएको हो । बालकोट भेटमा एमाले अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली सहभागी हुनुहुन्छ । यस्तै कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा पनि हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा बालकाेट जानुअघि बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्नुभयो । एमालेले एमसीसीबारे नकारात्मक टिप्पणी गरेको छैन । तर एमसीसी छलफलका लागि आफूहरूलाई संसदमा छलफलको वातावारण बनाउनुपर्ने माग गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले उन्मुक्ति दिएको भन्दै एमालेले लामो समयदेखि संसदमा अवरोध गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया