विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतारक...
मंसिर २५, २०८० सोमबार
काठमाण्डाै – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाउनु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डो-प्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबी समेत गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इण्डाे-प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताउनुभयो ।
नेपाललाई इण्डाे-प्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो । फेरि ओली सत्तामा आए इण्डाे-प्यासिफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उहाँले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताउनु भयो ।
यस्तै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिनुभयो । ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटकपटक दोहोर्याउनु भयो ।