काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलिन र निराश अनुहार लिएर नेपाली टोली स्वदेश फर्कियो ।
चौथो पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्न असमर्थ रहेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पाएको अवसर सृजना गर्न नसक्नु र तयारीका लागि छोटो समय हुनुलाई हारको कारणको रुपमा व्याख्या गरे ।
यद्यपी घरेलु टोली बंगलादेशलाई हराएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाली टोली माल्दिभ्सबिरुद्ध बढी आत्मविश्वासी हुनुलाई पनि हारको कारणको रुपमा आलोचना गरिएको छ ।
कप्तान विराज महर्जनले भने रणनीतिअनुसारको प्रदर्शन मैदानमा नभएका कारण माल्दिभ्सविरुद्ध जित हासिल गर्न नसकिएको बताए ।
समग्र टिम र नेपालका लागि निराशाजनक अवस्था रहे पनि केही खेलाडीको प्रदर्शनले भने नेपाली फुटबलले भविश्यमा उपलब्धिको आशा राख्न सक्छ । रक्षापंक्तिमा सुमन अर्यालका लागि यो प्रतियोगिता पहिलो थियो । तर, डेब्यू प्रतियोगितामै उनले राम्रो छाप छाड्न सफल भएका छन् ।
त्यस्तै अग्रपंक्तिमा सुनील बलले पनि यस प्रतियोगितामा अविष्मरणीय प्रदर्शन गरे । निराजन खड्का र बिमल घर्तीमर पनि लयमा देखिए ।
समूह चरणमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा शानदार प्रदर्शन गरी समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
नेपालले भुटानलाक्ष्ए ४–० र घरेलु टोली बंगलादेशलाई २–० गोलले हराएको थियो । समूह चरणमा एउटै खेल नजिति टसका आधारमा समूह उपविजेताको रुपमा छनोट भएको माल्दिभ्सविरुद्ध नेपालले आत्मविश्वासी खेल प्रदर्शन गरेको थियो । तर, नतिजा नेपालको पक्षमा रहेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।