रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले ‘व्याख्यात्मक टिप्पणी’ सहित संसदबाट एमसीसी पारित गर्ने निर्णय गरेको छ । बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यो निर्णय गरेको हो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा समर्थन नजनाउँदा सत्ता गठबन्धन नै टुट्ने भएकाले व्याख्यात्मक टिप्पणी गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको थियो । एमसीसीमा रहेको विवादित विषयमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र गठबन्धन जोगाउने निर्णय भएको हो ।
यो निर्णयमा चार नेताले भने असहमति जनाएका छन् । नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका माओवादी स्रोतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।