एमसीसी सामान्य अनुदानको विषय थियो, गिजोलेर यस्तो बनाइयो : बाबुराम भट्टराई

 फागुन १५, २०७८ आइतबार १६:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता भए पनि अनावश्यक गिजोलेको बताउनुभएको छ । 

संसदमा बोल्दै भट्टराईले अमेरिकाले नेपालको हितमा दिने अनुदानलाई गिजोलेर अहिले देशलाई नै दुई मतमा विभाजन गरेको आरोेप लगाउनुभयो । ‘यो एउटा अनुदान मात्र थियो तर गिजोलेर यस्तो बनाइयो, बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो’, भट्टराईले भन्नुभयो । 

यस्तै उहाँले एमसीसीबारे रहेका भ्रम चिर्न सत्य बाेल्न डराउन नहुने पनि बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया