एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ : एमाले

 फागुन १७, २०७८ मंगलबार १३:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएको अवस्थामा अब यसलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गरेर एमालेले संसदबाट पास भइसकेको अवस्थामा अब एमसीसीलाई देश हित हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको हो । 

अध्यक्ष केपी शर्मा ओलीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी परियोजना संसदबाट अनुमोदन भइसकेको छ, अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ, पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक छ ।’

नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीको बारेमा नेकपा एमालेलाई संसदमा छलफल गर्ने मौका नै नदिइएको आरोप पनि लगाएको छ । राष्ट्रिय महत्त्वको एमसीसी जस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको एमालेको आरोप छ । 

उहाँले देशको विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तल–माथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराउनुभयो । यदि कुनै हिसाबले देशको सार्वभौमसत्तामा, स्वाधीनतामा, स्वतन्त्रतामा कहीँ पनि तल–माथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्न हुन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया