काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
शनिबारदेखि सुरु हुने एसिया कप क्रिकेटका लागि भारतीय टिम दुबई पुगेको छ । नियमित कप्तान विराट कोहली बिना नै भारतीय टिम एसिया कप खेल्न पुगेको हो ।
भारतीय टिमको कप्तानी रोहित शर्माले गर्दैछन् भने उनलाई पूर्व कप्तान तथा ब्याट्सम्यान महेन्द्रसिंह धोनीले सघाउने छन् । शनिबार सुरु हुने उद्घाटन खेलमा बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
भारतले १८ तारिखमा छनौट प्रतियोगिताको उपाधि विजेता सिंगापुरसँग खेल्ने छ । भारत र पाकिस्तान भने १९ तारिखमा आमने सामने हुनेछन् । एसिया कप युएई दुबई र अबुधावीमा हुने छ ।
पहिलाे एसिया कप यूएर्इले नै अायाेजना गरेकाे थियाे । सन् १९८४ मा यूएर्इबाट सुरू भएकाे एसिया कप उसले याेसहित तेस्राे पटक अायाेजना गर्दै छ । १४ अाैं संस्करणसम्म अाइपुग्दा भारतले १३ वटा संस्करणमा सहभागिता जनाएकाे छ ।
पहिलाे एसिया कपकाे उपाधि नै भारतले जितेकाे थियाे । उसले १९८६ मा श्रीलंकामा भएकाे एसिया कप खेलेकाे थिएन ।
युएर्इले दाेस्राे पटक १९९५ मा अायाेजना गर्दा पनि भारतले नै उपाधि जितेकाे थियाे । तर यूएर्इले याेसहित तेस्राे पटक एसिया कपकाे अायाेजना गर्दा घरमै भने यूएर्इकाे टिमले खेल्ने साैभाग्य पाएकाे छैन । युएर्इले सन् २००४ र २००८ मा दुर्इ पटक एसिया कप अाफ्नाे देश बाहिर गएर खेलेकाे छ ।
यसपटक फाइनलमा हङकङसँग पराजित भएपछि अाफ्नै देशमा एसिया कप खेल्ने यूएर्इकाे सपना तुहिएकाे थियाे । यसैगरी हङकङकाे एसिया कपमा १० वर्षपछि पुनरागमन गरेकाे छ । छनाैटकाे उपाधि जितेपछि हङकङ भारत र पाकिस्तान रहेकाे समूहमा परेकाे छ ।
एसियाकप अायाेजना गर्ने सवालमा बंगलादेश सबैभन्दा अगाडि छ । उसले अहिले सम्म ५ पटक अायाेजना गरे पनि उपाधि भने जित्न सकेकाे छैन । २०१६ काे एसिया कपकाे फाइनलमा भारतसँग पराजित गरेकाे थियाे ।
अहिले सम्म भारतले एसिया कपकाे उपाधि सर्वाधिक ६ पटक जितेकाे छ । श्रीलंकाले ५ पटक एसिया कप जित्दा पाकिस्तानले २ पटक उपाधि जितेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Like Bista
Sept. 14, 2018, 8:55 a.m.India Vs Hongkong Ho. Not Singapore.