शिवरात्रिमा झण्डै १७ लाख भक्तजनले पशुपतिनाथकाे दर्शन गरे, पर्सिसम्म साधुसन्तको बिदाइ गर्ने तयारी

 फागुन १८, २०७८ बुधबार ७:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शिवरात्रिको दिन हिजो झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका अनुमान् गरिएको छ । हिजो बिहान तीन बजेदेखि राति बेरसम्म पशुपतिमा भक्तजनको भीड लागेको थियो ।

यस वर्ष मन्दिर दर्शनको लागि सहज भएको भक्तजनले प्रतिक्रिया दिएका छन् । मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो  । पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजा हुनेछन् । यस्तै, हिजो संकलन भएको भेटी गणना लगायतका व्यवस्थापकीय काम भने दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषका सदस्य एवम् मेला व्यवस्थापन समितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिनुभयो ।

यस्तै, पशुपति क्षेत्रमा आज बिहानैदेखि सरसफाइको काम सुरु भएको छ । शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा फूल–माला तथा बत्तीले सजाइएको छ । यस्तै स्वागतद्वार लगायत अरु अस्थायी संचरनाहरु पनि बनाइएका छन् । यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो ।

यसैबीच, शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइको तयारी पनि थालिएको छ । भोलि बेलुका वा पर्सि बिहानसम्म उनिहरुको बिदाइ गर्ने गरी काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  यस वर्ष पशुपतिमा झण्डै ११ हजार साधु सन्त आएका छन् । झण्डै ५० हजार साधुसन्त आउने अनुमान् गरिएकोमा कोरोना महामारीका कारण संख्या घटेको हुनसक्ने कोषले जनाएको छ । साधुसन्तलाई वर्गीकरण गरि गुठीले दक्षिणासहित बिदाइ गर्ने र त्यसमा कोषले रकम थपेर सम्मानसहित बिदाइ गर्ने चलन छ ।  
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया