५ देखि १२ वर्षका बालबालिकाका लागि यसै महिना काेराेना खाेप ल्याइन्छ : मन्त्री खतिवडा

 फागुन १८, २०७८ बुधबार १६:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले यसै महिना पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउने भएको छ ।

राष्ट्रिय सभाको संयोजन तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सांसदहरूसँग आज मङ्गलवार भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले याे जानकारी दिनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि यसै महिना खोप ल्याउने तयारी भइरहेको छ ।’ यो महिनाभित्र खोप ल्याउन सकेमा अर्को महिनादेखि लगाउन सुरु गर्ने उहाँको भनाइ छ ।

मन्त्री खतिवडाले आउँदो वैशाखसम्म १२ वर्षमाथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । यो अभियानमा सांसद र पालिकाका जनप्रतिनिधिको सहयोग महत्त्वपूर्ण हुने भएकाले सहयोग गर्न उहाँले आग्रह आग्रह गर्नुभयो ।

‘हामी तपाईँकाे गाउँठाउँमा खोप पुर्‍याउँछौँ, यसमा कुनै शङ्का नगर्नुहोला । स्थानीयस्तरमा खोप लगाउन समन्वय गर्न म समुदायसँग जोडिएका जनप्रतिनिधिलाई अनुरोध गर्दछु’, खतिवडाले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले वैशाख ३० गते हुने स्थानीय तहको चुनावअघि नै सबै नागरिकलाई खोप लगाउनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया