काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत शुक्रबार नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग शुक्रबार प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।
नेपाली टोलीमा आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सम्साद आलम छन् ।
टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।