प्रविधिको प्रयोग गरी अफवाह फैलाए साइबर ब्युरोले कारबाही गर्ने

 फागुन २०, २०७८ शुक्रबार १६:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रविधिको प्रयोग गरी अफवाह फैलाए कारबाही गर्ने भन्दै साइबर ब्युरोले चेतावनी दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले आज एक सूचना निकालेर युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै यस्तो कार्य गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवम् झुटा क्याप्सन राखेर भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवम् अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन गर्ने पाइएकाले त्यस्तो नगर्न सचेत गराएको छ ।

अफवाह फैलाएर व्यक्तिकाे सामाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृति देखिएकाले त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने  विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया