नेकपा माओवादी केन्द्रको बैठक पर्सिसम्मका लागि स्थगित

 फागुन २०, २०७८ शुक्रबार १८:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएपछि बैठक पर्सि आइतवार ११ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता, स्थानीय तहको चुनाव, सत्तागठबन्धनको अवस्था लगायतका बारेमा ब्रिफिङ गर्नुभएको छ ।

उहाँले सत्ता गठबन्धन नै भत्किने खतरा बढेकोले एमसीसी पारित गरेको बताउनुभयो । व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुँदा सम्भावित समस्या हल भएको र चुनावसम्म नै सत्ता गठबन्धन रहने प्रचण्डको भनाइ छ ।

उहाँले प्रतिनिधि सभा लामो समयदेखि अवरुद्ध रहेकाले त्यसको समाधान निकाल्न पनि पहल गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । नेता नारायणकाजी श्रेष्ठले भने एमसीसी पारित गर्न पार्टीले भूमिका खेलेको भन्दै आलोचना गर्नुभएको छ ।

उहाँले एमसीसीका कारण उत्पन्न समस्यामा आफू लगायतका नेतालाई अध्यक्षले पार्टी छाडेर गए पनि हुन्छ भनेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले अध्यक्ष व्यक्तिवादी भएको र दलालसँग साँठगाँठ गरेको आरोप पनि लगाउनुभयो ।

आइतवारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । छलफलका लागि बैठकमा एमसीसी, स्थानीय चुनाव, पदाधिकारी चयन लगायतका ६ वटा एजेण्डा पेस भएका छन् ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया