जनकपुर–पोखरा हवाइ उडान सुरु : दुई प्रदेशबीच सहकार्यकाे आवश्यकता भएकाे मुख्यमन्त्री पाेखरेलकाे भनाइ

 फागुन २१, २०७८ शनिबार १३:५०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा –  आजदेखि जनकुपर-पाेखरा हवाइ उडान सुरु भएकाे छ । आज भएकाे पहिलाे उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल पाेखराबाट जनकपुर आउनुभयाे । 

जनकपुर-पोखरा हवाइ उडान सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर आउनुभएका मुख्यमन्त्री पोखरलले सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश प्रदेशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै  प्रदेशबीचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सकिने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबिच सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको पनि बताउनुभयो ।

यसैगरि मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेशबीच सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताउनु भयो । 

जनकपुर विमान स्थलमा मख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया