जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित

 फागुन २२, २०७८ आइतबार १४:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ पदबाट निलम्बनमा पर्नुभएको छ । बानियाँ पक्राउ परेको विषय सभामुख अग्नि सापकोटाले प्रनिनिधि सभा नियमावली २०७५ को नियम २ सय ४४ काे उपनियम ३ अनुसार संसदलाई जानकारी गराउनुभएको छ । सभामुखले जानकारी गराएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो । 

यो नियमअनुसार कुनै पनि सांसद प्रहरी हिरासतमा रहेको अवस्थामा कानुनअनुसार तीन वर्ष वा त्योभन्दा धेरै अवधिको कैदको सजाय हुने, नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएर पुर्पक्षका लागि थुनामा रहेको अवधिभर उसले सदस्यको हैसियतले कुनै काम गर्न नपाउने र पारिश्रमिक, सेवा सुविधा स्थगित हुने उल्लेख छ ।  

नेकपा एमाले मुगुका सांसद बानियाँले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिएपछि उहाँ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले सांसद बानियाँलाई खोजी गरिरहेका बेला यही फागुन १६ गते सांसद बानियाँ आफैँ प्रहरी कार्यालयमा पुग्नुभएको थियो । उहाँलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको विषय प्रहरीले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया