दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले सङ्कल्प गरौँ : शिक्षा मन्त्री

 फागुन २२, २०७८ आइतबार १७:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक र निजी शिक्षण संस्थाले सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा चलिरहेको सातौँ महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले सार्वजनिक र निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा सङ्कल्प गर्नुपर्ने बताउनुभयो । 

सरकारको ३० प्रतिशत व्यय भार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै उहाँले संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘विज्ञहरूले नैतिक शिक्षा विषयका रूपमा राख्नुपर्छ भन्नुभएको छ’, मन्त्री पौडेलले उहाँले भन्नुभयो, ‘आज–भोलि समाजमा अराजकता, अश्लीलता बढेर गएको छ, जिम्मेवारीबोध कम हुने, अधिकारको खोजीमात्रै हुने, आफ्नो भूमिकालाई बिर्सर्ने संस्कार र संस्कृति बढेर गएको छ, यसलाई नियमन गर्ने भनेको शिक्षा हो ।’ 

शिक्षालाई व्यवस्थित गरी उत्पादित जनशक्तिलाई अनुशासनयुक्त बनाउन सके बिग्रिँदै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने उहाँको भनाइ छ । मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै मन्त्री पौडेलले बन्दै गरेका ऐन शिक्षामैत्री बन्ने बताउनुभयो । 

१० वर्षे शिक्षाका योजनाहरू सार्वजनिक गरेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने सरकारको दायित्व भएको बताउनुभयो । यस्तै सरकारको तर्फबाट प्रचलित कानुनअनुसार सबैलाई समेटर जाने बताउँदै उहाँले प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा कन्जुस्याइँ नगर्ने बताउनुभयो । 

५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नितिगत सुधारमा लागेको बताउँदै मन्त्री पौडेलले सात सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । 

आजदेखि सुरु भएको सातौँ महाधिवेशनले भोलि साेमवार नयाँ नेतृत्व छान्ने छ । २०५४ सालमा स्थापना भएको संस्था अहिले ४७ जिल्लामा फैलिएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया