पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

 फागुन २२, २०७८ आइतबार १९:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । 

सात दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।  

गएको आइतवारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहको भोलिदेखि अदालतमा बयान सुरु हुनेछ । 

पल शाह गएकाे फागुन १५ गते आफैँ प्रहरी समक्ष उपस्थित भएका थिए । यसअघि शाहलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया